एमाले र नेपाली जनताको झोले बन्नुमा गर्व छ : प्रधानमन्त्री ओली

0 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जनताको झोले बन्नुमा आफुलाई गर्व लागेको बताएका छन् । शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीले एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्नेहरूको हैसियत नै नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेलाई एकल बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने समेत बताए ।

‘व्यक्तिगत महत्वकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ,’ ओलीले भने, ‘आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।’

सम्बन्धित समाचार

सबै