रविसँगको सहमतिलाई ‘होल्ड’ गर्दै कुलमानसँग छलफलमा बालेन

0 Shares

ऊर्जा जलस्रोत सिँचाई, शहरी विकास तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच पुनः वार्ता सुरु भएको छ।

मन्त्री कुलमान र मेयर बालेन बालुवाटारस्थित एक निजी निवासमा छलफलमा जुुटेका हुन्, जुन घरमा आज बिहान पनि उनीहरूबीच छलफल चलेको थियो।

घिसिङ पार्टीको केन्द्रीय समिति बैठकपछि बालेनसँग जुटेका हुन्। बैठकबाट उनले बिलिन हुन कुनै पार्टीमा पनि नजाने निर्णय गराएका थिए। सबैको अस्तित्व स्वीकार गरेर मात्रै एकता हुने घिसिङको जोड छ।

बालेन पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग गर्न लागेको सहमतिलाई ‘होल्ड’ गर्दै कुलमानसँग छलफलमा जुटेका हुन्।

सम्बन्धित समाचार

सबै