नयाँ वर्ष सन् २०२६ सुरु : विश्वभर यसरी मनाइयो

0 Shares

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । विश्वभर उल्लासका साथ यो नयाँ वर्ष मनाइएको छ ।

विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

सम्बन्धित समाचार

सबै