सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाकै १ लाख ९९ हजार ४ सय रुपैयाँ

0 Shares

शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्ला दिनहरूमा नेपाली रुपैयाँ कमजोर हुँदै गएका कारण सुनको मूल्य बढेको हो।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा भने यसअघि २३५० को रेकर्ड बनेको छ । तर विगत एक वर्षमा निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य भने विश्वका विभिन्न भागमा भएका युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न देशमाथि लगाएका करका कारण वृद्धि भइरहेको व्यवसायी तथा विज्ञहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै