0
Shares
राप्रपा नेपालका अध्यक्ष कमल थापाले यही जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न आग्रह गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक विचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे।
अध्यक्ष थापाले भने, ‘आन्दोलन शान्तिपुर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भैरहेको धर्मपरिबर्तनको विरुद्धमा छौँ,’ ‘हामी देशको समृद्धि र प्रगती चाहन्छौँ। राष्ट्रियता बलियो बनाउन चाहन्छौँ। प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’
उनले थपे, ‘पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौँ। सरकार हाम्रो जायज माग र आन्दोलनप्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ।