0
Shares
श्री मोक्ष धर्म द्विप च्यारिटीको आयोजनामा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ चितलाङ टावार डांडामा वज्र किलाय र विश्व शान्ति महापूजाको आयोजना गरिएको छ ।
यही चैत्र ५ गते देखी ७ गते सम्म हुने महापुजामा श्रदय धर्मगुरु टुल्कु साङ्गे शेडुब तेन्जिन ठिन्ले पाल शाङ्पो रिन्पोछेज्युले छेवाङ अर्थात (दिर्घा जीवन)को प्रज्जवलन शिलता प्रदान गर्नुहुनेछ । ३ दिनसम्म हुने वज्र किलाय तथा महापुजामा विश्वा व्यापी शान्ती लागि प्राथाना समेत हुनेछ । सार्थै छ्याम, लामा नृत्य, वाङर आयु-अभिषेकको कार्यक्रम समेत रहेको आयोजक श्री मोक्ष धर्म दिप च्यारीटीले जनाएको छ ।
विश्वशान्ति महा पुजामा सहभागी भई पुण्य लाभको लागी आयोजक श्री मोक्ष धर्म द्विप च्यारिटीले सुचना जारी गर्दै सबैलाई निमन्त्रण गरिएएको छ ।