0
Shares
राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य पक्राउ परेकी छिन् । चितवनको रत्ननगर नगरपालिका–८ घर भई हाल कुलेश्वर बस्ने उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
ती युवतीले मिस्त्रीलाई राइस कुकर बनाउने बहानामा पटकपटक मोबाइलमा सम्पर्क गरी माग गरेअनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने तथा प्रहरी र परिवारलाई पनि भनिदिने भन्दै बार्गेनिङ गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसएसपी काजीकुमार आचार्यले बताए ।
पक्राउ परेकी अस्मितालाई आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको एसएसपी आचार्यले बताए ।