0
Shares
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका कोठामा क्षति पुगेको छ । आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ भने ३ वटा कोठाका सबै कागजात जलेर नष्ट भएको छ ।
चौथो तलाका मन्त्रालयको तेस्रो तलामा रहेको मन्त्री यादवको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो। सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।
सिसिक्यामराको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।