साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढ्यो, कारोबार रकम ५ महिना यताकै उच्च

0 Shares

साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७ सय २७.५८ विन्दुमा पुगेको हो । आइतबार सबै समूहको शेयर बढेकोमा माइक्रो फाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ ।
आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ । ३ सय ३० वटा कम्पनीका २ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ५ महिना यताकै उच्च हो ।।

सम्बन्धित समाचार

सबै