यस्ता छन् अमला खानुका फाइदा :

0 Shares

हाम्रै गाउँघरमा पाईने अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरू हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरू पुग्छन् : –

मुटुको समस्या : यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

तौल कम : अमला खाँदा शरीरमा मेटाबोलिजम बढ्छ र तौल निकै तीव्र रूपमा कम हुन थाल्छ ।

पाचन : अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

कमजोरी : अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरीरलाई ऊर्जावान राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

अनुहारमा चमक :  यो खाँदा शरीरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

राम्रो कपाल : यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

क्यान्सर : अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

सम्बन्धित समाचार

सबै