कांग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खनु देश बर्बाद पार्ने काममा सहभागी हुनु हो : अध्यक्ष लिङ्देन

0 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पुरान भनिने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट देश बन्छ भनेर पर्खेर बस्ने छुन अब नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यि तीनवटै पार्टी र पार्टी शीर्ष नेतृत्वमा रहेकाहरूबाट देशको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु सरह भएको भन्दै देश बनाउने र बचाउने अभियानमा सहभागि हुन आम देशवासीलाई अपिल गरे ।

राप्रपा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान समेत भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब पनि त्यही एमाले, त्यही माओवादी, त्यही कांग्रेस र तीनै अनुहारहरूबाट देश बन्छ भनेर पर्खनुभएको देश बर्बाद पार्ने काममा सहभागी हुनु हो,’

‘नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन । साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतनत्र जे नाम दिएपनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही कांग्रेस, त्यही माओवादी र तीनै नेताको वरिपरि सत्ता घुमिरहेको छ,’ उनले भने, ‘तर यो साढे तीन दशकमा देशको अवस्था के भयो रु मैले भनिराख्नु पर्दैन । हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौं र अहिले हामी कहाँ पुग्यौं । हाम्रो आँखा अगाडि छर्लङ्ग छ ।’

सम्बन्धित समाचार

सबै