बेलायती राजा चार्ल्सको सुरक्षा कमाण्डमा नेपाली, विश्वभर गोर्खालीको चर्चा

0 Shares

२०८१ माघ २०, आईतवार

बेलायतका राजा चाल्र्सको सुरक्षाका लागी ब्रिटिस गोर्खाका एक अवकाशप्राप्त अधिकृत सुरक्षा कमाण्डमा नियुक्ति भएका छन् । ७ वर्षअघि ब्रिटिस सेनाको उच्च तह लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुँदा गोर्खाबाट सो तहमा पुग्ने विरलै नेपालीका रूपमा चर्चा पाएका टोल खाम्चा मगर नै यस पटक राजाको सुरक्षा दलमा छनौट भएपछि फेरि चर्चामा आएका हुन् ।

खाम्चा मगर ब्रिटिस आर्मीको हाउस होल्ड डिभिजनअन्तर्गत किंग्स गार्डमा छनोट भएका छन् । फेब्रुअरी २० तारिखदेखि खाम्चाले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् । राजा चार्ल्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा गर्ने काम उनको हुनेछ ।

यो सुरक्षा बलमा छनौट हुन विभिन्न चरण पार गर्नुपर्छ । ती सबै चरणमा पास भएर उनी राजाको सुरक्षा बलमा छनौट भएका हुन् । ब्रिटिस सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाएकोजस्ता अनुभव यो पदका लागि आवश्यक मानिन्छन् ।

स्याङ्जाको भिरकोट करादीमा जन्मिएका खाम्चाले ब्रिटिस आर्मीमा ३६ वर्ष सेवा गरेर २०२२ मा लेफ्टिनेन्ट कर्णेलबाट अवकाश लिएका थिए । ब्रिटिस आर्मीको सिपाहीबाट सेवा सुरु गरेपछि लेफ्टिनेन्ट कर्णेल नै उच्च तह हो । उनी बेलायती सेनाको छैटौँ तहको सिनियर अफिसर बन्ने नेपाली हुन ।

सम्बन्धित समाचार

सबै