नेपाली शान्ति सैनिकमाथि लेबनानमा आक्रमण

0 Shares

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमणमा परि शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।

आक्रमणलगत्तै ढकाललाई युनिफिल मिसनअन्तर्गतकै ‘लेबल–३’ अस्पताल लगिएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार ढकालको टाउकामा चोट लागेको छ ।

लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो । तोडफोडका क्रममा ढकाल घाइते भएका थिए ।

डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर नेपाल फर्कने क्रममा रहेका थिए । युनिफिलका शान्ति सैनिकमाथि भएको आक्रमणप्रति कडा निन्दा गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित समाचार

सबै