प्रधानमन्त्री ओलीलाई ९ कक्षाका विद्यार्थीले (A+B)2 को सूत्र सोधेपछि…

0 Shares

फोनिक्स इन्स्पिरेशन एण्ड एम्पेरियल वर्ल्ड स्कूलले प्रधानमन्त्रीसँग आयोजना गरेको साक्षात्कार कार्यक्रममा विद्यार्थीहरूले रोचक र रमाइला प्रश्न गरेका छन् । युवा विद्यार्थीसँग अन्तरक्रिया गर्न बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यक्रमको अन्त्यतिर एकजना विद्यार्थीले रोचक प्रश्न गरेका छन् ।

ती विद्यार्थीले उभिएर प्रधानमन्त्रीलाई सोधे( सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो एकमात्र प्रश्न रहेको छ । मलाई गणित विषयको फर्मुलाले कहिलेकहिँ त टेन्सन नै दिन्छ । तपाईँलाई थाहा छ, ए प्लस बी को होल स्क्वायरको फर्मुला के होला रु थाहा छ भने कृपया बताइदिनुस् न ।

सो विद्यार्थीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ए स्क्वायर प्लस टुएबी प्लस बी स्क्वायर हो रु यस्तै लाग्छ, तर धेरै पुरानो सम्झिन गाह्रो ।

उनले भने( मेरो एउटा सल्लाह के छ भने सबै सूत्रहरू सबै फर्मूलाहरू ती सबै मान्छेले बनाएका हुन् । व्याकरणको होस् अथवा गणितको होस, अथवा विज्ञानका हुन्, यी सबै मान्छेले बनाएका र प्रमाणबाट संक्षिप्तीकरण गरेपछि फर्मुला बन्छ । बरु यी संक्षिप्तीकरण कसरी भयो भन्ने बुझ्नुपर्छ अनि सबै फर्मुला आउँछ । जिन्दगीलाई सहज बनाउने भने सबैभन्दा सजिलो सूत्रबाट जानुपर्छ । सूत्र जान्यो भने एउटै साँचोले धेरै ताला खोलेजस्तै धेरै सहज बनाउँछ । त्यसैले ताला खोल्ने साँचो जस्तो हो सूत्र भनेको हो ।

अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सानो नातिको उदाहरण दिँदै भाषा कस्तो बनाउने भन्नेबारे राम्रो ज्ञान हुनुपर्ने जिकिर समेत गरे ।

सम्बन्धित समाचार

सबै