0
Shares
दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक आईसीसी यू(१९ महिला टी(२० विश्वकपको उपाधि जितेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै विश्वकप जितेको हो।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दियो। त्यसपछि भारतीय टोलीले ८.४ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो। यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इंग्ल्याण्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो ।
नेपाल पनि पहिलोपटक विश्वकपमा सहभागी भएको थियो । नेपाल समूह चरणका सबै खेलहरूमा पराजित हुँदै अगाडि बढ्न सकेन ।
यसपटक भारतले इंग्ल्याण्डलाई सेमिफाइनलमै हराउँदै लगातार फाइनलमा पुगेर उपाधि जितेको हो ।